२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरका मेयर महर्जन स्वास्थ्य मन्त्रालयको विषयगत समितिको सदस्य मनोनित



काठमाडौँ
२९ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको सङ्घ, प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गरेका छन् ।

महर्जनलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) ‘ग’ बमोजिम विषयगत समितिमा नियुक्त गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानुन तर्जुमाका लागि तीन वटै तहसँग परामर्श र समन्वय गर्नेछ । ऐनले हालसम्म पूर्णता नपाएको र लामो समयदेखि बैठक बस्न सकेको छैन । महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भदौ ६ गते बस्नेगरी तोकिएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय सङ्घको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताए ।

मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनित गर्ने सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।