काठमाडौं । सोलुखुम्बुको थामे क्षेत्रमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा हिमताल फुटेका कारण बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा ताल फुटेर बाढी आएको पाइएको हो ।
गाउँपालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत् निरीक्षण गरेको भिडिओ सार्वजनिक गर्दै हिमताल फुटेका कारण बाढी आएको जनाएको छ ।
बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।
प्रतिक्रिया