२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुलपानी बेथेल मण्डलीमा पहिरोले पुरिँदा सुतिरहेकी ७० वर्षीया बृद्धाको घटनास्थलमै मृत्यु, एक घाइते



२ भदौं । रोल्पा नगरपालिका–२ मुलपानीस्थित बेथेल मण्डली आइतबार बिहान माथिबाट आएको पहिरोले पुरिँदा मण्डलीमा सुतिरहेकी सोही नगरपालिका–१० धाङ्सी बस्ने ७० वर्षीया धनजिता बुढा मगरको घटनास्थलमै मृत्यु भएको छ ।
साथै पहिरोले पुरिँदा घाइते भएका मण्डलीमा सुतिरहेका सोही नगरपालिका–४ खाद्य टोल बस्ने सुनछहरी गाउँपालिका–३ बाहिरी गाम घर भएकी १८ वर्षीया नौमा घर्तिमगर र २८ वर्षीय सागर बुढा मगरलाई उपचारको लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक उद्दार कार्य तथा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।