४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच भेटवार्ता



३ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । सोमबार साँझ हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ ।

सोक्रममा प्रधानमन्त्री केपी ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरेकी छन् ।

यसअघि परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : ३९ बजे