२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


पाटनमा उत्साहजनक रुपमा मनाइयो गाईजात्रा (तस्विरहरु)



चापागाँउ
४ भदौ । प्रत्येक वर्ष झैं आज ललितपुरको पाटनमा उत्साहजनक रुपमा गाईजात्रा पर्व मनाइएको छ । आज विहान पाटन,सुनाकोठी, हरिसिद्धि, चापागाँउ र ठेचोमा जाइजात्रा निकालिएको हो ।


भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिनसम्म गाईजात्रा मनाउने चलन रहेको छ ।
झाँकी सहित ललितपुरको पाटन दरवारपरिसरबाट सुरु भएको गाईजात्रामा गाई र मानिसलाई गाईका रूपमा सिँगारी बस्ती घुमाइएको थियो ।


पाटन परिक्रमा गर्ने क्रममा श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रही आएको छ ।


राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

    

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।