काठमाडौं
७ भदौ । दविचौरका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ
गरेको छ । उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दामा पक्राउ गरिएको प्रहरीको भनाई छ । फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३७ बर्षीय तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको प्रहरीले बुलेटिन मार्फत जानकारी दिएको छ ।
काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
तिमल्सिना प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कुर मुद्दामा समेत फरार रहेको खुल्न आएको प्रहरीको भनाई छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
७ भाद्र २०८१, शुक्रबार
144
Shares
प्रतिक्रिया