२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बसको ठक्करपछि युवकको मृत्यु, प्रदर्शनमा उत्रिए स्थानीय



राजविराज (सप्तरी)
७ भदौ । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमानगर बजार आज तनावग्रस्त बन्यो । बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराइ प्रदर्शन गरेका छन् ।

स्थानीयले बजार क्षेत्रमा टायर बालेर चक्काजाम तथा बजार बन्द गराएका थिए । प्रदर्शनमा पूर्वसांसद अशोककुमार मण्डल, वडाध्यक्ष, मृतकका आफन्तलगायतकको सभागिता रहेको थियो । स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग अघि बढाएर हनुमाननगरमा विरोध जनाएका छन् ।

विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रुबाहक बसले भारदह–राजविराज सडकखण्डको जोगिनियामा पछाडिबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछि तत्कालै अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताएका छन् ।

यसैबीच प्रदर्शनकारीले आन्दोलनका क्रममा एक एम्बुलेन्सबाट गर्भवतीलाई ओराली तोडफोडका साथै चालकमा माथि आक्रमण गरेको भन्दै सोको विरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालकले उनीहरुको विरोधमा आन्दोलित भएका छन् ।

राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत राजविराजको जिल्ला स्वास्थ्य कार्यालय अगाडि बीच सडक मै एम्बुलेन्स तेर्स्याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरुले प्रर्दशन गरेका थिए ।
एम्बुलेन्स चालक सङ्घ सप्तरीका अध्यक्ष सुदिलाल साहकानुसार प्रदर्शनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एम्बुलेन्स तोडफोड गर्नुका साथै चालक महिनारायण यादवमाथि कुटपिट गरेको आरोप लगाए । कुटपिटबाट घाइते भएका चालक यादवको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।