३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रामेछापको दोरम्बामा पहिरोमा परी दुई जनाको मृत्यु, ८ बेपत्ता



९ भदौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेकखर्कमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । सोही पहिरोमा परी ८ जना हराइरहेका छन् ।

शनिबारदेखि भएको अविरल वर्षापछि पहिरो गएको छ । पहिरोमा पुरिएकामध्ये दुई जनाको शव निकालिएको छ भने हराइरहेकाहरूको खोजी भइरहेको छ । शव भेटिएकामध्ये एक जना बालक छन् ।

स्थानीय र प्रहरीले उद्धारको प्रयास गरिरहेका छन् । ठूलो पहिरो गएकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ । पहिरोले ३ वटा घर र एउटा पक्की पुल बगाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ३ : ४४ बजे