४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सांग्रिला डेभलपमेन्ट एसोसियसनको १० औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट एसोसियसनको १० औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । शनिबार ललितपुरस्थित होटेल गुडविलमा भएको कार्यक्रम संस्थाकी अध्यक्ष प्रकृति भण्डारीको अध्यक्षता तथा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्तानले सांग्रिलाले गाउँपालिकाका वडाहरुमा तल्लो वर्गलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर काम गरिरहेको भन्दै प्रसंशा गरेका थिए ।

उनले स्थानीय सरकारसँग होस्टेमा हैसे भएर काम गर्न संस्थालाई आग्रह समेत गरे । उनले गाउँपालिकाभित्र कृषि, स्वास्थ्य र शिक्षाका क्षेत्रमा समन्वय गरी काम गर्न जरुरी रहेको पनि बताए ।

विशेष अतिथि कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सांग्रिलाले सिमान्तकृत, दलित, पिछडिएका वर्गलाई मध्येनजर गर्दै काम गरेको भन्दै आगामी दिनमा उत्कृष्ठ र नयाँ ढंगबाट काम गर्न सुझाव दिएका थिए । उनले गाउँपालिकाका अन्य वडाहरुमा पनि कार्यक्रम विस्तार गर्न आग्रह गरे ।

कैलाश गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष देवलाल बलले सांग्रिलाको सहयोगमा सञ्चालित एम्बुलेन्सबाट गाउँपालिकाका हजारौं बिरामीले सेवा पाएको बताए । वडा नं. ४ का वडाध्यक्ष तिलक बहादुर मोक्तानले वडामा सांग्रीलाले अभिभावकको काम गरेको भन्दै १० वटै वडामा काम विस्तार गर्न सुझाव दिए ।

वडा नं.७ का वडाअध्यक्ष उदास कुमार भोलान र वडा नं. ८ का वडाध्यक्ष आशिष चेपाङले संस्थाले गरेको काम सराहनीय रहेको भन्दै यसमा वडाको पूर्ण साथ र सहयोग रहेको बताए ।

कार्यक्रममा सांग्रिला अर्फोनेज होमका विशेष सल्लाहकार निता शाहीले सांग्रीला डेभलपमेन्टले गल्स होस्टेल राखेर छात्राहरुलाई शिक्षा दिनु आफैंमा प्रशंसनिय काम रहेको बताइन् ।

सांग्रिला अर्फोनेज होमकी अध्यक्ष यमुना मरासिनीले संस्थाले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा काम गरेको भन्दै देशको मानव विकास सूचाकांकमा समेत टेवा पुर्‍याएको बताइन् ।

सांग्रिला डेभलपमेन्टका विशेष सल्लाहकार जय शंकर उपाध्ययले संस्थाले भविष्यमा पुस्तान्तरण हुने ढंगले काम गरेको भन्दै नेपालभरी नै काम गरोस् भन्दै शुभकामना व्यक्त गरे ।

संस्थाकी अध्यक्ष प्रकृति भण्डारीले संस्थाले दशौं कोषेढुंगा पार गरेको भन्दै साझेदार संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन् । उनले संस्थाले भूकम्प, कोभिड लगायत मानविय संकटमा संस्थाले महत्वपूर्ण काम गरेको बताइन् । उनले आगामी दिनमा संस्थाले दिगो परिणाम र वातावरणीय परियोजनामा लक्षित रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा संस्थाका सदस्य विकास तिमिल्सिनाले स्वागत मन्तव्य, सचिव दशरथ घिमिरेले संस्थाको बारेमा जानकारी गराएका थिए । यस्तै कार्यक्रम संयोजक सागर थापाले परियोजनाको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा कृषि परियोजनाका पुरन बहादुर खड्का, शिक्षा परियोजनाका धनबहादुर मोक्तान, जुम्लाका विशेष बालबालिका कार्यक्रमका संयोजक हरिबहादुर बुध थापा, स्वास्थ्य सामाजिक परिचालक चमेली मोक्तान र स्वास्थ्य परियोजनाकी सोनी मल्लिक, लेखा अधिकृत सम्झना पौडेल, होस्टेल परियोजनाका विषयमा होस्टेल वार्डन अस्मिता श्रेष्ठ र सञ्चार संयोजक राजीभ प्रजापतिले कार्य विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षा कर्मचारी शिव कुमार प्रजाले गरेका थिए ।

२०७१ सालमा स्थापना भएको संस्थाले मकवानपुरको कैलाश गाउँपालिका वडा नं ३,४, ७ र ८ र जुम्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । संस्थामा हाल एस.ए. स्वीजरल्याण्ड र जि.ए. जर्मनीको साझेदारी रहेको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  १२ : ०६ बजे