४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढीपहिरोलगायत विपद्मा परी यो बर्षा याममा २ सय ३ जनाको मृत्यु



काठमाडौँ
९ भदौ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोलगायत विपद्मा परी यो बर्षा यामभर २ सय ३ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २८, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १६ गरी दुई सय तीन जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएक ाछन् ।

प्रहरी नायब महानिरीक्षक कार्कीका अनुसार बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २८, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १९, कर्णाली प्रदेशमा ६२ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ५१ जना घाइते भएका छन् ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा एक सय एक गरी जम्मा दुई सय १० जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । “बाढीपहिरामा परी कोशी प्रदेशमा तीन, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ५४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ”, उनले भने ।

बाढीका कारण आज दिउँसोसम्म चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६४ घर, एक सय २३ गोठ, ५२ पुल, छ विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । यस्तै यस अवधिमा नौ सय २४ पशुचौपायाको मृत्यु भएको छ । साथै विपद्का घटनाबाट छ हजार ४४ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  २ : ५८ बजे