२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र



११ भदौ । ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएको जनाएको छ।

विमानस्थलमा अलपत्र परेका १७६ नेपालीहरु भने सकुशल रहेको दूतावासले जनाएको छ। मंगलबार दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा छ।,’

दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।