३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी खोला सरसफाई अभियान अलपत्र



ललितखबर
१५ भदौं । ललितपुरको ललितपुरको दक्षिण उत्तर दिशातर्फ बग्ने गोदावरी खोला सरसफाई अभियान अलपत्र परेको छ ।
२ सय ८९ हप्तासम्म निरन्तर चलेको सरसफाई अभियान केही समयदेखि सरसफाई भइरहेको छैन ।
अभियानकी अभियन्ता बेबी राजभण्डारी भने खोलामा पहिलेजस्तो फोहोर नपाएपछि भीड जम्मा भएर फोहोर नटिपेको बताउछन् ।

पछिल्लो समय गोदावरी खोलामा ढल राख्ने क्रम भने बढ्न थालेको छ । लुभू बजारको ढल गोदावरी खोलामा फ्याकेपछि इमाडोल क्षेत्रमा समेत ढल हाल्न सुरु भएको र हरेक हप्ता सरसफाई अभियान सुचारु नहुँदा खोलामा फोहोर थुप्रन थालेको स्थानीय गुनासो गर्छन् ।
सरसफाई नियमित नभएको सन्दर्भमा अभियन्ता राजभण्डारीले अभियानकै कारण नदि किनारमा पर्खाल लगाउन सुरु भएको र फोहोर फ्याक्न समेत घटेको दाबी गर्छिन् । सरसफाई अभियान १ सय हप्ता चलेपछि नदि किनारा छोडेर अभियानकर्मी टोल र बस्ती समेत सरसफाई गर्नतर्फ लागेका थिए ।
सरसफाई अभियानपछि जनप्रतिनिधि र कर्मचारी र फोहोर सरसफाई व्यावसायीलाई फाइदा पुगेको उनको भनाई छ । उनका अनुसार कर्मचारी र जनप्रतिनिधिहरुले आफ्नो फाइदा अनुकूल वातावरण संरक्षणको नाममा बजेट पारेका छन् । सरसफाई व्यावसायीले फोहोर उठाउनका लागि उपभोक्ताबाट पैसा असुल्ने मौका पाएका छन् ।

अभियन्ता राजभण्डारी उपत्यकाका नदि सरसफाई नियमित गर्ने सन्दर्भमा छलफल भइरहेको जानकारी दिइन् । भनिन्, ‘हामी छलफलमै छौं । बृहत योजना ल्याउने तयारीमा छौं ।’
सरसफाई अभियानलाई गोदावरी नगरपालिकाले सहयोग गरेको छैन । नगरपालिकाले आफै सरसफाईमा जुटेनु पर्नेमा अभियन्तालाई उत्साह दिनुको सट्टा निरुत्साहित गर्ने गरेको पाइन्छ । जनप्रतिनिधिहरु समेत सरसफाई अभियान सफल बनाउन जुटेका छैनन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले सरसफाई अभियान सफल बनाउनु पर्ने भन्दै भाषणबाजी गर्ने गरे पनि उल्येख्य सहयोग नभएको अभियन्ता बताउछन् ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  ७ : १४ बजे