३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ठैबबाट जुवातास खेल्ने ८ जना युवा पक्राउ



ललितपुर
१६ भदौ । ललितपुर ठैबबाट जुवातास खेल्ने ८ युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ७ : ५४ बजे