४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हेर्ने कथाः प्रकाश तामाङ्गले पाए नागरिकता



१६ भदौ । ३५ वर्षसम्म परिवारबाट छुटेका प्रकाश तामाङ्ग ‘काले’ ले नागरिकता पाएका छन् । नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँको घरमै गएर उनलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

गोरखाको चुमभ्यालीबाट काठमाडौं हुँदै हिजो भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई ०९–०२–८१–००३५७ नम्बरको नागरिकता दिएका छन् ।

‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् उनले आफ्ना परिवार भेटेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १० : ४८ बजे