४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाँकेमा झाडापखाला, एकै दिन चार जनाको मृत्यु



१७ भदौ । बाँके नरैनापुरमा झाडापखाला लागेर चारजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको हिजो मृत्यु भएको जानकारी दिए ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए ।
झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

के कारणले झाडापखाला फैलियो पुष्टि भएको छैन । स्वास्थ्यकर्मीले गर्मी र दूषित पानीको कारण झाडापखाला फैलिएको आशंका गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले भने झाडा पखालाबाट गाउँलेको मृत्यु भएको विषयमा कुनै जानकारी नआएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर यामबहादुर बुढामगरले झाडापखालाबाट मान्छे मरेको विषयमा प्रहरीमा कुनै जानकारी नआएको बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  ४ : १४ बजे