३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्पले टोकेपछि युवकको बाटोमै मृत्यु



बरहथवा (सर्लाही)
१८ भदौ । सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ ।

हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो । आलेलाई गएराति शौचालय जाने क्रममा गोमन सर्पले डसेकामा उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पु¥याइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ३ : ५७ बजे