३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई दुर्घटनामा दुबै जनाको मृत्यु



गुलरिया (बर्दिया)
२० भदौ । बर्दियामा दुई छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
गुलरिया नगरपालिका–३ भगवती टोलकी एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही नगरपालिका–११ बान्धुपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर चार वर्षीया बालिका दीक्षा यादवको मृत्यु भएको र करेन्ट लागेर घाइते भएकी २१ वर्षीया अस्मिन गद्दीको उपचारका क्रममा मृत्यु भएको बर्दिया जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  १२ : ३८ बजे