३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोटरसाइकल दुर्घटनामा बालकसहित दुई जनाको मृत्यु



बनियानी (झापा)
२१ भदौ । झापामा दुई भिन्न मोटरसाइकल दुर्घटनामा एक बालकसहित दुईजनाको मृत्यु भएको छ ।
यही भदौ १८ गते झापाको अर्जुनधारा नगरपालिका–११ गिरीबन्धु टि–स्टेट स्थित पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–५ का २४ वर्षीय दिवाङकर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

बिर्तामोडको मुक्ति चोकबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे१०प ३५४४ नम्बरको मोटरसाइकल र धुलाबारीबाट मुक्ति चोकतर्फ आउँदै गरेको ना५ख ९१२२ नम्बरको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक राई र पछाडि सवार मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय सुवोद बस्नेत घाइते भएका थिए ।

घाइते उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा मोटरसाइकल चालक राईको आज बिहान ८ः४५ बजे मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रकचालक अर्जुनधारा–६ का ३१ वर्षीय सञ्जय माझीलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हिजो बेलुका कनकाई–५ चपरमारीस्थित भित्री सडक खण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोरटसाइकलले बाटो काट्दै गरेको सोही स्थानका चार वर्षीय बालक आर्यन टुडूलाई ठक्कर दिएको थियो ।

घाइते बालकलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लागिए पनि थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पु¥याउनासाथ चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालकलाई ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका–२ का २४ वर्षीय वसन्त मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ११ : १७ बजे