३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


देवीचौरमा तीज गीत प्रतियोगिता



ललितपुर
२१ भदौं । गोदावरी ७ देवीचौरमा गीत प्रतियोगिताको आयोजना गरी पोषण सप्ताह मनाइएको छ । अन्तर समूह गीत प्रतियोगितामा पाँच ओटा समूहले सन्देश प्रवाह गर्दै तीज मनाएका हुन् ।
स्थानीय संघसंस्थाहरुको आयोजनामा गीत प्रतियोगिता गरी पोषण सप्ताह मनाइएको समुदाय सहजकर्ता गीता तिमल्सिनाले जानकारी दिइन् ।
कार्यक्रममा सम्झौता थिङ, मुना थिङ, कविता स्याङ्तान, विष्णु तामाङ र मिना स्याङ्तान सम्मिलित घोडा कुद्ने महिला समूह पहिलो भएको श्री देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष सुबद्रा बजगाइँले बताइन् ।
त्यसैगरी प्रगतिशील महिला समूहका तर्फबाट अप्सरा दुलाल, लक्ष्मी तिमल्सिना, बिनिता नेपाली, इन्दिरा तिमल्सिना र बिना थिङ्ले गाएको गीतले दोस्रो स्थान हासिल गरेको छ ।
शर्मिला पुडाासैनी, लक्ष्मी तिमल्सिना, पार्वती तिमल्सिना, सुभद्रा तिमल्सिना र कविता तिमल्सिना सम्मिलित लालिगुराँस महिला समूह तेस्रो भएको छ ।

प्रतियोगितामा भाग लएर पहिलो, दोस्रो र तेस्रो भएकालाई कप र सल पुरस्कार स्वरुप प्रदान गरिएको प्रतियोगिताका निर्णायक एवम् गायक कृष्ण दाहालले बताए ।
कार्यक्रममा स्थानीय महिला र स्वास्थ्य स्वयम्सेविकालगायत १ सय ५० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : ३४ बजे