३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जाजरकोट पहिरो : वडासदस्य दम्पतीको शव फेला



२३ भदौ । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर भत्किँदा बेपत्ता भएका वडासदस्य दम्पतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पहिरोले पुरिएका दम्पतीको शव आइतबार बिहान साढे १० बजेको समयमा फेला परेको हो ।

आज बिहान २ः५० बजेको समयमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बारेकोट गाउँपालिका–६ का महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउनेको पतिपत्नी नै बेपत्ता भएका थिए । बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान ४७ वर्षीय मानबहादुर चलाउने बेपत्ता भएको जानकारी दिएका थिए ।

पहिरोमा पुरिएर घाइते भएकी उनीहरूकी ११ वर्षीया छोरी सम्झना चलाउनेको उद्धार गरेर उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा प्रदेश अस्पताल कालागाउँमा पठाइएको छ । यस्तै सदस्य दम्पतीको शव पोष्टमार्टमका लागि आधारभूत अस्पताल लिम्सा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरी १८ वर्षीया विमला चलाउने भने पहिरोले घर पुरिनुभन्दा पहिला नै सकुशल बाहिर निस्कन सफल भएकी जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ७ : २२ बजे