३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपसभामुख रानाविरूद्ध अविश्वास प्रस्तावको तयारी: रास्वपाले बोलायो आकस्मिक बैठक



२५ भदौ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरविरूद्ध महाभियोग प्रस्ताव पेस गर्ने तयारी भएको छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ दलहरूले आजै उपसभामुख रानाविरुद्ध महाअभियोग प्रस्ताव पेस गर्ने तयारी गरेका हुन् ।

संवैधानिक परिषद्‍मा बहुमत पुर्‍याउनलाई सत्तामा रहेका प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको अगुवाइमा अविश्वासको प्रस्ताव दर्ता गर्न लागिएको हो ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री ओलीले उपसभामुख रानाविरूद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने एमाले र कांग्रेसको साझा प्रस्ताव रहेको बताउँदै समर्थन गर्न अन्य दलका नेताहरूलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको प्रस्तावलाई बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरूले समर्थन गरेका थिए ।

बैठकमा कांग्रेस, एमालेसहित जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक सभाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको सहभागिता थियो ।

प्रधानमन्त्री ओलीले यसबारे पहिला कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सत्ता समर्थक दलहरूको बैठकमा यो प्रस्ताव गरेका हुन् । यसबारे ओली र देउवाबीच आइतबार बालुवाटारमा छलफल भएको थियो।

उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव लगाउने कारण भने पद अनुकूल आचरण नगरेको भन्ने जुराइएको छ । प्रतिनिधि सभाका एक चौंथाइ सांसदले दर्ता गरेको प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था संविधानमा छ।

रास्वपाको कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेपछि राजनीतिक वृत्त तरंगित भएको छ। अहिले रास्वपाले आकस्मिक बैठक बोलाएको छ ।

 

 

 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : १९ बजे