३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपसभामुख रानाको राजीनामा माग्ने कांग्रेसको निर्णय



२६ भदौ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग गर्ने संस्थागत निर्णय गरेको छ ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले गैरसम्बन्धित विभिन्न व्‍यक्तिहरूलाई अमेरिका लैजानका लागि दूतावासलाई चिठी लेखेर आचरणविपरीत कार्य गरेको भन्दै उपसभामुख रानाको राजीनामा माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सबै प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले आफैँ बहिर्गमनको बाटो रोजेमा राम्रो हुने प्रतिक्रिया दिए ।

राष्ट्रिय स्वतन्ध पार्टी रास्वपाको पृष्ठभूमिबाट उपसभामुख बनेकी रानाले हाल कुनै पनि दलमा आबद्ध छैनन् । सभामुख वा उपसभामुखमा निर्वाचित भएपछि दलको हैसियत त्याग गर्नुपर्ने संवैधानिक व्‍यवस्था छ । यद्यपि, रास्वपा र माओवादी केन्द्र उपसभामुख रानाको राजीनामाको विरोधमा छ भने सत्तापक्ष रानाको राजीनामा आउनैपर्ने अडानमा छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ३८ बजे