३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीका वडाध्यक्ष घिमिरेद्वारा सप्ताह महायज्ञमा १ लाख नगद दान



गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उनले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गरेका हुन्
गोदावरी (ललितपुर)
२७ भदौ ।  गोदावरी नगरपालिका ३ का अध्यक्ष सानुराज घिमिरेले पाथीभरा महिला समूहलाई रु एक लाख ११ हजार एक सय एक प्रदान गरेका छन् । उनले आफ्नो जन्मदिनमा उक्त रकम प्रदान गरेका हुन् ।
‘गोदावरी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ मा उनले शिवधाम बनाउने महिला समूहको योजनामा भरथेग गर्न उक्त रकम प्रदान गरेका हुन् ।
पाथीभरा महिला समूहको आयोजनामा नगरपालिका–३ स्थित शिव बस्तीमा भदौ २५ देखि ३१ गतेसम्म महायज्ञ  भइरहेको छ । महायज्ञको उद्देश्य गोदावरी नगरपालिका–३ स्थित शिव बस्तीमा २० फिट अग्लो महादेवको मूर्तिसहित शिवधाम निर्माण गरिने पाथीभारा महिला समूहका अध्यक्ष भगवती बुढाथोकीले बताएकी छिन् ।
 घिमिरे वडाध्यक्ष निर्वाचित हुनुअघि नेपाली चलचित्र क्षेत्रमा सक्रिय थिए । उनको चपली हाइट चलचित्रले रजतपटमा चर्चा कमाएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ३ : २३ बजे