३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अधिकारको माग गर्दै युवाहरु नाङ्गै प्रदर्शनमा उत्रिए



काठमाडौँ
२९ भदौ । समानुपातिक समावेशी प्रतिनिधित्वलगायत दलितहरूको आत्मसम्मान र सशक्तिरणका लागि संविधानप्रदत्त अधिकार कार्यान्वयनको माग गर्दै दलित युवाहरूले नाङ्गै (अर्धनग्न) प्रदर्शनमा उत्रिएका छन् ।
माइतीघर मण्डलामा विगत ३९ दिनदेखि आन्दोलन गरिरहेका युवाहरूले आज अर्धनग्न जुलुस गर्दै आफ्ना मागबारे पुनः ध्यानाकर्षण गराएका हुन् ।
सहभागी प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘प्रजातन्त्र आयो दलितलाई खै ? लोकतन्त्र आयो दलितलाई खै ? गणतन्त्र आयो दलितलाई खै ? संविधान आयो दलितलाई खै ? व्यवस्था फेरियो दलितलाई खै ?’ जस्ता नारा लगाएका थिए ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजक खगेन्द्र सुनारले दलितलाई समान अवसर र अधिकारको पालना नभएको भन्दै आफूहरू ३९ दिनदेखि आन्दोलनमा रहे पनि हालसम्म सम्बन्धित निकायबाट कुनै सुनुवाइ नगरेको गुनासो गरे । त्यसैकारण आज अर्धनग्न प्रदर्शन गर्नु परेको उनले बताएब ।

आन्दोलनकारीले संविधानको व्यवस्थाअनुसार सबै तहका मन्त्रिपरिषद्, नीति निर्माणका तह, निकाय तथा नियुक्तिलगायत राज्यका सबै तहमा जातीय जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवासलगायत अधिकारको कार्यान्वयन गरिनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  २ : ५५ बजे