२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गुडिरहेको गाडीमाथि पहिरो खस्दा एकको मृत्यु



फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो ।

 

फुङ्लिङ (ताप्लेजुङ)
२९ भदौ । ताप्लेजुङमा पिकअपभ्यानमा माथिबाट खसेको पहिरोसहितको ढुङ्गा लाग्दा एक महिला मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका–३ निवासी २६ वर्षीया निर्मला गुरुङ रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतकानुसार फुङ्लिङदेखि फक्ताङलुङ गाउँपालिका जाँदै गरेको मे१ज १३६२ नंको पिकअपभ्यानमाथि फक्ताङलुङ गाउँपालिका—३ सिवा क्षेत्रमा पहिरोसहितको ढुङ्गा खसेको थियो ।
टाउकोमा गम्भीर चोट लागेपछि गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।