३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी



१ असोज । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टी गठन भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका महतोले नयाँ पार्टी बनाएका हुन् । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो ।

महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेता सहित सुमन सायमी, बुद्धराज स्याङ्तान लगायत छन् ।

पार्टीको पदाधिकारीहरु टुंगिएको छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने बताइएको छ । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  १२ : २० बजे