३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


५ जना सवार ट्याक्टर सेती नदीमा खस्यो, २ जना बेपत्ता



२ असोज । बुधबार बिहान सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन्। बझाङको दुर्गााथली गाउँपालिका–२ झनानास्थित ट्याक्टर सेती नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइते उनीहरूको झोतामा उपचार भइरहेको छ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ५० बजे