४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


यस्तो छ सहकारी समितिमा रवि लामिछानेले दिएको बयान (पूर्णपाठ)



४असोज । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

समितिको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेसँग लिएको बयान समेत राखिएको छ । बयानमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् ।

उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी बयानका क्रममा गरेका छन् ।

उनले सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन् । संसदीय छानबिन समितिको बयानको क्रममा आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

रविले गोर्खा मिडिया नेट्वर्कको प्रबन्ध निर्देशक हुँदै ग्यालेक्सी टेलिभिजनमा जोडिँदा आफूले मासिक ५ लाख रुपैयाँ पारिश्रमिक लिएको पनि खुलाएका छन् । ग्यालेक्सीमा आवद्ध हुँदा आफूले अग्रिम ७५ लाख रुपैयाँ लिएको पनि बताएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ११ : ४४ बजे