२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले स्थानीयसँग माग्यो सित्तैमा १२ रोपनी जग्गा



ललितखबर
८असोज । भनिन्छ सरकारले जनताको एउटा ल्वाङ पनि सित्तैमा लिनु हुँदैन । पञ्चायत कालसम्म सरकारले जनताको जग्गा अधिकरण गरेर मुआव्जा तिरेर जग्गा प्राप्ती गर्ने गर्दथ्यो । जुन अहिलेसम्म पनि कानूनी व्यवस्था छ ।
तर दक्षिण ललितपुरको स्थानीय सरकार महाकाल गाँउपालिकाले भने सूचना प्रकाशित गरेरै सित्तैमा जग्गा दिन गर्न आह्वान गरेको छ ।
गााउपालिकाले गोटीखेलबाट १किलोमिटर ५सय मिटर आसपासको १२ रोपनी जग्गा सित्तैमा दिन इच्छुक नागरिकसँग प्रस्ताव आह्वान गरेको छ ।
सो जग्गामा गाँउपालिकाको खेलकूद मैदान बनाउने योजना बनाएको छ ।
गतभदौं ११ गतेको बैठकको निर्णयअनुसार सूचना प्रकाशित गरेको गाँउपालिकाका निमित्त प्रकाशकिय अधिकृत सुरेस न्योपानेले बताएका छन् ।
देशभरका किसानलाई सरकारले उत्पादन बढाउनका लागि प्रोत्साहन गर्न अनुदान प्रदान गरिरहेको सन्दर्भमा यस गाँउपालिकाले भने पछिल्लो समय दुधमा कर लगाएको भन्दै स्थानीय किसान आन्दोलित छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।