२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले स्थानीयसँग माग्यो सित्तैमा १२ रोपनी जग्गा



ललितखबर
८असोज । भनिन्छ सरकारले जनताको एउटा ल्वाङ पनि सित्तैमा लिनु हुँदैन । पञ्चायत कालसम्म सरकारले जनताको जग्गा अधिकरण गरेर मुआव्जा तिरेर जग्गा प्राप्ती गर्ने गर्दथ्यो । जुन अहिलेसम्म पनि कानूनी व्यवस्था छ ।
तर दक्षिण ललितपुरको स्थानीय सरकार महाकाल गाँउपालिकाले भने सूचना प्रकाशित गरेरै सित्तैमा जग्गा दिन गर्न आह्वान गरेको छ ।
गााउपालिकाले गोटीखेलबाट १किलोमिटर ५सय मिटर आसपासको १२ रोपनी जग्गा सित्तैमा दिन इच्छुक नागरिकसँग प्रस्ताव आह्वान गरेको छ ।
सो जग्गामा गाँउपालिकाको खेलकूद मैदान बनाउने योजना बनाएको छ ।
गतभदौं ११ गतेको बैठकको निर्णयअनुसार सूचना प्रकाशित गरेको गाँउपालिकाका निमित्त प्रकाशकिय अधिकृत सुरेस न्योपानेले बताएका छन् ।
देशभरका किसानलाई सरकारले उत्पादन बढाउनका लागि प्रोत्साहन गर्न अनुदान प्रदान गरिरहेको सन्दर्भमा यस गाँउपालिकाले भने पछिल्लो समय दुधमा कर लगाएको भन्दै स्थानीय किसान आन्दोलित छन् ।

 

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।