ललितखबर
११ असोज । पुर्वराजा ज्ञानेन्द्र शाह भुटानको भ्रमण गर्ने भएका छन् ।
नीजि सचिव फडिन्द्रराज पाठकका अनुसार पुर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता नीजि भ्रमणका लागि भुटान प्रस्थान गर्दैछन् ।
भ्रमणबारे सूचना जारी गरिएको छ तर पुर्वराजा शाह जाने दिन भने खुलाइएको छैन । उनी स्थल वा हवाई मार्ग कुन प्रयोग गर्ने भन्ने विषय समेत गोप्य राखिएको छ ।
२०५८ जेठ २२ गतेदेखि २०६४ सालसम्म उनले नेपालमा राज्य गरेका थिए । २०५९ असोज १८पछि उनले प्रत्यक्ष शासन गरेका थिए
११ आश्विन २०८१, शुक्रबार
18
Shares








प्रतिक्रिया