मौसम विभागको बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने पर्वानुमानपछि यो निर्णय सार्वजनिक भएको हो
काठमाडौँ
११ असोज । शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएइको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदका घटना बढ्न सक्ने भन्दै रातको समयमा आज असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।
मौसम विभागको बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने पर्वानुमानपछि यो निर्णय सार्वजनिक भएको हो ।
प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान सूचना प्रकाशित गरेर अनरोध गरेको थियो ।








प्रतिक्रिया