१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टाहाखेल, चुनिखेल र गोटीखेलमा पहिरोले पुरिएर एक एक जनाको मृत्यु



ललितपुर
१२ असोज । ललितपुरको टाहाखेल, चुनिखेल र गोटीखेलमा पहिरोले पुरिएर एक एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार अविरल वर्षाको कारण ललितपुरको गोदावरी नगरपालिका–१० टाहाखेल बस्ने मोहन सिंहको टहरो गए राति पहिरोले पुरिँदा उनकै श्रीमती ५८ वर्षीय सानु चालिसेको मृत्यु भएको छ ।
पहिरोले पुरीएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले बताएको छ ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका–९ चुनिखेल बस्ने पाँचथर घर भएकी ४८ वर्षीया सुशिला लिम्बुको पहिरोले पुरिएर गए राति मृत्यु भएको छ । आँगनमा उभिरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुरिएर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी ललितपुर, महाङकाल गाउँपालिका–३ माथिल्लो गोटिखेल बस्ने राजकुमार सिङतानको घर शनिबार बिहान पहिरोले पुरिँदा उनकै छोरा २ वर्षीय संयम सिङतानको घटनास्थलमै मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : २८ बजे