काठमाडौँ
१३ असोज । बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म एक सय जना जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने एक सय एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जना,दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको बताइएको छ ।
१३ आश्विन २०८१, आइतबार
38
Shares
प्रतिक्रिया