२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको गोटीखेल बजार बाढीका कारण ध्वस्त, बैर्तणी धाम, प्रहरी चौकी र एक दर्जन घर बगायो



ललितखबर
१३ असोज । दक्षिण ललितपुरको महाकाल गाँउपालिकाको केन्द्र गोटिखेल बजार बाढीले ध्वस्त बनेको छ ।
अविरल बर्षापछि बजारनजिकैबाट बग्ने धामिखोला उर्लेर आउँदा वैर्तर्णी धाममा मन्दिर,पाटी, चौसठी शिवलिंग,धारालगायत संरचना सबै बगाएको हो ।
महाँकाल गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टका अनुसार
गोटीखेल बजार ६ जनाको मृत्यु भएको बताए । उनले भने, हिलसाइड बोर्डिङ स्कूल,टुंगुन प्रहरी चौकी,वैर्तर्णी धामलगायत संरचना बगाएको छ ।
बाढीपछि गोटिखेल बजार माटो र ढुंगा बगाएर ल्याएपछि बगरमा परिणत भएको उनको भनाई छ ।
गाँउपालिका अध्यक्ष गणेश केसी उद्दारका लागि काठमाडौंबाट दक्षिण ललितपुर जान नसकेको बताए । उनले भने, ‘सबै बाटो पहिरोले बन्द छ ।’
‘उद्दारका लागि हेलिकप्टर लैजान प्रयास गरिरहेको छु ।’ उनले भने ।
पालिकाभर पचासौं घर बगाएको अध्यक्ष केसी बताउछन् ।

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।