१३ असोज । धादिङको धुनिबेँसी नगरपालिका–९, झ्याप्लेखोलाको पहिरोमा आइतबार थप १६ शव भेटिएका छन्।
यसअघि शनिबार दुई वटा बस र १४ शव फेला परेका थिए। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११ः५५ बजेसम्म थप दुई वटा बस र १६ शव भेटिएका हुन्।
घटनास्थलमा उत्खनन् जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
१३ आश्विन २०८१, आइतबार
6
Shares
प्रतिक्रिया