१३ आश्विन २०८१, आइतबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


एमाले ललितपुरको विपद् प्रतिकार्य तथा राहत संयोजन समिती अध्यक्षमा आचार्य



ललितपुर
१३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर जिल्लास्तरिय विपद् प्रतिकार्य तथा राहत संयोजन समिति गठन गरेको छ । आज एमाले ललितपुरको जिल्ला कमिटीको आकस्मिक वैठकले जिल्ला पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

२०८१ असोज १० बिहिवारवाट सुरु भएको अविरल बर्षाले देशका अधिकांश भुभागमा आएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको सन्दर्भमा उक्त समिति गठन भएको हो ।
समिति अन्र्तगत एमाले बागमती प्रदेश कमिटीबाट ललितपुरका ६ वटा पालिकामा ईन्चार्जको रुपमा जिम्मेवारीमा रहेका ईन्चार्जको नेतृत्वमा सम्वन्धित पालिकाका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटी सदस्य, वडा कमिटी अध्यक्ष तथा सो पालिकामा रहेका विभिन्न जनसंगठनका विभिन्न तहमा रहेका नेताहरु सहितको राहत तथा विपद प्रतिकार्य समिति निर्माण गरेको हो ।

आकस्मिक वैठकले २०८१ असोज १४ गते दिउँसो १ वजे जिल्ला पार्टी कार्यालयमा सातदोवाटोमा क्रियाशिल जनसंगठनका केन्द्रीय कमिटी, प्रदेश कमिटीका सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरुको भेला गर्दै स्वयमसेवक दस्ताको निमार्ण गर्ने जनाएको छ ।

यसैगरी वैठकले जिल्ला र मातहत सम्पूर्ण कमिटीहरुद्वारा पूर्व घोषित सम्पूर्ण चाडबाड लक्षित शुभकामना तथा चियापान कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ३५ बजे