२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुरबाट पहिरोमा परी तीन जना घाइतेको हेलिकप्टरबाट उद्धार



पाटन (ललितपुर)
१३ असोज । दक्षिण ललितपुरको मानिखेल र देविचौरमा पहिरोमा परेर घाइते भएका तीन बिरामीको आज हेलिकप्टरबाट उद्धार गरिएको छ
। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर ललितपुरको महाङ्काल गाउँपालिका–२ मानिखेल रिगिनडाँडाका श्यामप्रसाद तिमल्सिना, गोदावरी नगरपालिका–७ देविचौरका ठूली रुम्बा र सञ्जु रुम्बाको उद्धार गरिएको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले जानकारी दिएका छन् ।
विपद्का घटना घटेको करिब ४० घण्टापछि जिल्लाको दक्षिणी भेगमा रहेको गाउँपालिकामा हेलिकप्टर लगेर घाइते बिरामीको उद्धार गरिएको हो ।
यसअघि आजै बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा तत्कालै बिरामीको उद्धारका लागि हेलिकप्टर पठाउन माग गरिएको थियो ।
यहाँ तीनवटा स्थानीय तहहरूमा सडक, विद्युत् र सञ्चार प्रणालीमा क्षति हुँदा समस्या भएको छ ।
विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयवासीले धनजन र मानवीय क्षति ब्यहोर्नु परे पनि राहत र उद्धारका लागि सञ्चार समन्वयसमेत हुन कठिन भइरहेको समन्वय प्रमुख फुयालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।