१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ आसपास खानेपानीको हाहाकार



ललितपुर
१४ असोज । निरन्तरको बर्षापछि पाइप बगाउदा चापागाँउ, ठेचोलगायतका क्षेत्रमा खानेपानीको हाहाकार छ ।
पछिल्लो समय धारामा पानी नआएपछि पानी खोज्न भाडाकुडा बोकेर यहाँका स्थानीयबासी र भाडामा बस्नेहरु कुवा र जरुवाको पानी खोज्न भौतारिन थालेका छन् ।

वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौँ उपत्यका खानेपानी आयोजना ९केयुकेएल०को खानेपानी अवरुद्ध भएको हो ।
ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी बताएका छन् ।

“नल्लुबाट पानी आउने पाइप लाइन र इन्टेक पूरै क्षति भएको छ, त्यहाँको स्थलगत निरीक्षण नै हुनसकेको छैन’ उनले भने ।

उता काठमाडौंको वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र फर्पिङडाँडा नै पहिरो गएको हुनाले पाइप बाङ्गिएको छ । ‘कतिपय ठाउँमा फुटेको पनि छ, यसलाई पुनःस्थापित गर्न अलि समय लाग्छ”, उनले भने ।

पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उनले बताए । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उनले जानकारी दिए । स्थलगत निरीक्षणबाट विपद्मा भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुनःस्थापित गर्नका लागि १० दिन जति लाग्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ११ : ४७ बजे