१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कुपण्डोलमा मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु, चालक घाइते



काठमाडौं
१७ असोज । ललितपुर कुपण्डोल सडकमा मोटरसाइकल दुर्घटनामा परेर युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

प्रहरीका अनुसार ललितपुर ललितपुर महानगरपालिका १० हनुमानस्थानस्थित सडकमा बा.८७ प ९१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको हो । दुर्घटनाको क्रममा मोटरसाइकलमा सवार ललितपुर महानगरपालिका–१५ सातदोबाटो बस्ने ३१ वर्षीय ऋषीकुमार पाठकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सुमेरू सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डबी अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ९ : १६ बजे