१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


खोकनामा विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘र’ अन्तरवार्ता सम्पन्न



१०० जना किसान र कृषि प्राविधिक प्रतिस्पर्धीहरूलाई खोकनामा ल्याएर क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण तथा अन्तरवार्ताको आयोजना गरिएको

ललितपुर
१८ असोज । ललितपुरको खोकनामा विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘रः रिभोल्युसनरी एग्रिकल्चर वार’को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ । १०० जना किसान र कृषि प्राविधिक प्रतिस्पर्धीहरूलाई खोकनामा ल्याएर क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण तथा अन्तरवार्ताको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा गरिएको हो ।

रियालिटी गेम शो निर्णायक मण्डलमा डा. योगेन्द्र कुमार कार्की, राम शरण तिमल्सिना, र डा. नम्रता पाण्डे सहभागी थिए। सहभागीहरूलाई मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, किंग्स कलेज, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विज्ञहरूले प्रशिक्षण दिएका थिए। कार्यक्रमका नेपालका परम्परागत कृषि अभ्यासहरूमा आधारित रमाइला खेलहरूमा समेत प्रतिस्पर्धीहरूको सहभागिता गराइएको थियो।

‘रः रिभोल्युसनरी एग्रिकल्चर वार’को पहिलो चरणमा १३९८ किसान र २४४ कृषि प्राविधिकले आवेदन दिएका थिए, जसबाट छानिएका १०० प्रतिस्पर्धीलाई अन्तरवार्तामा बोलाइएको हो। शोको निर्माण संस्था ई स्क्वायरले आगामी चरणहरूका लागि छानिने प्रतिस्पर्धीहरूको विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।

शोको प्रसारण हिमालय टेलिभिजन तथा ओ.एस.आर. रियालिटी युट्युब च्यानलमा हुनेछ भने कार्यक्रमका होस्ट राजेश हमाल हुन् ।
निर्णायक मण्डलमा कृषि विज्ञहरू डा. योगेन्द्र कुमार कार्की, डा. नम्रता पाण्डे, र राम शरण तिमल्सिना रहेका छन्।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ६ : ०४ बजे