१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


दक्षिण ललितपुर तंग्रदै,विद्युत बल्न सुरु



सम्भवतः शनिबार दिउँसोबाट नल्लु फिडरबाट माथिल्लो नल्लु ,भारदेउ ,दलचोकी, चौघरे (केहि भाग मात्रै) शंखु, ईकुडोल(तिनघरे सम्म),बुखेल र मानिखेल (केही भाग) बिधुतलाईन संचालन गरिनेछ

ललितखबर
१९ असोज । गत असोज ११ र १२ गतेको अविरल बर्षापछि पहिरोले तहसनहस बनेको दक्षिण ललितपुर क्रमशः तंग्रन खोजिरहेको छ । यद्यपी धेरै भूभागमा सडक, संचार र विद्युत् अहिलेसम्म सुचारु हुन सकेको छैन ।
दक्षिण ललितपुरमा विद्युत् प्राधिकरणमार्फत राष्ट्रिय प्रशारण लाइनको विद्युत् व्यवस्थापन गरिरहेको दक्षिण ललितपुर ग्रामिण विद्युत् सहकारी संस्थाका अनुसार गोदावरी ७ देबिचौर ट्रान्सर्फमरसम्म भर्खरै लाईन सुचारू गरिएको छ ।
सहकारीका अध्यक्ष गोविन्दप्रसाद बजगाईका अनुसार पछिल्लो समय तिलेश्वरदेखि नल्लु भन्झ्याङ्ग खण्डको विद्युत् मर्मत सुरु गरिएको छ । उनले भने,‘सम्भवतः शनिबार दिउँसोबाट नल्लु फिडरबाट माथिल्लो नल्लु ,भारदेउ ,दलचोकी, चौघरे (केहि भाग मात्रै) शंखु, ईकुडोल(तिनघरे सम्म),बुखेल र मानिखेल (केही भाग) बिधुतलाईन संचालन गरिनेछ ।’

उनले टिकाभैरव भैसेखोला हुँदै वागमती गाँउपालिकाको तीनपाने भञ्ज्याङ खण्ड पुनः निर्माण सम्पन्न नहुनेजेलसम्म नल्लु फिडरबाटै भट्टेडाडा ,माल्टा ,घुसेल ,आश्राङ्ग प्पुटार गिम्दीको केहि भागमा विद्युत् वितरण हुने जानकारी दिएका छन् ।

 

सडक मर्मतको काम भइरहेकाले गोटिखेल ,चन्दनपुर ,कालेश्वर ठुलादुर्लुङ्ग र गिम्दी लगायतका ठाँउको विद्युत्को काम अहिलेसम्म हुन सकेको छैन

अध्यक्ष बजगाईले पहिरोका कारण सडक अवरुद्ध हुँदा मर्मत सामाग्री ढुगानीमा कठिनाई भएकाले सबै ठाउमा मर्मत तथा पनःनिर्माण सुरु गर्न नसकिएको स्वीकार गरेका छन् ।पहिरोले भट्टेडाडाको लाईन बगाएको छ । भट्टेडाँडा सिम्लेको लाईन पूर्णतयाः क्षती पुगेको छ । यहाँ विद्युत्को मर्मतशनिबार र आइतबारसम्म पुरा गरेर विद्युत् सञ्चालन गरिने सहकारीको योजना छ ।

बर्षाले क्षत विक्षत गोतिखेल बजार ।

सहकारीका अनुसार उता भट्टेडाँडा नजिकै रहेकोको बुलकिचौर,पाखोला , झागलकोट , घुसेल माहांकलडाडा ,च्यानडाडा र देबिचौरको बाबियोगाऊ ,जौबारी र देउराली यहि आइतबार (२० गते)भित्र बिधुत सुचारू गर्ने गरि काम भईरहेको छ ।
ट्रान्सर्फमर बगाएका चौघरे ,नल्लु ठास्नेखोला , गोटिखेल र गिम्दी मा सडक सुचारू हुनासाथ सामना ढुगानी हुनेछ । सडक मर्मतको काम भइरहेकाले गोटिखेल ,चन्दनपुर ,कालेश्वर ठुलादुर्लुङ्ग र गिम्दी लगायतका ठाँउको विद्युत्को काम अहिलेसम्म हुन सकेको छैन ।

विद्युत् बितरण लाईन धेरै क्षति भएकाले सबै घरहरूमा एकै पटक बिजुली बाल्न सम्भव नभएको अध्यक्ष बजगाई बताउछन् । पछिल्लो समय विद्युत् सुचारु गर्न कर्मचारी काममै रहेको उनको भनाई छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ८ : ४७ बजे