१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


सँगै बसेर मदिरा खाएका बाबु–छोराको झगडा, हँसिया प्रहारबाट सोमबहादुरको निधन



१९ असोज । मदिराले मातेका एक बाबुले आफ्नो छोरालाई हँसियाले प्रहार गर्दा मर्स्याङ्दी गाउँपालिका–२ का २७ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ ।

। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार शुक्रबार बेलुका बाबु छोरासँगै बसेर मदिरा सेवन गरेका थिए ।

त्यसपछि उनीहरूबीच विवाद भएको थियो । सन्ताउन्न वर्षीय सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा गम्भीर निजको मृत्यु भएको हो ।

अभियुक्तलाई हिरासतमा लिएर कानुनी कारबाही प्रारम्भ भएको छ । मृतककी एक छोरी र श्रीमती छन् । समयमा अस्पताल पुर्‍याउन सकिएको भए निजको ज्यान जोगिनसक्ने तामाङका छिमेकीले बताएका छन् ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई चितवन लैजाँदा आज बिहान मृत्यु भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : ५० बजे