२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मन्त्रीहरु ललितपुरको गोटिखेलस्थित बाढीपहिरोे प्रभावित क्षेत्रमा



काठमाडौँ
२२ असोज । गग असोज ११ र १२ गते परेको अविरल बर्षापछिको बाढी पहिरोका कारण दक्षिण ललितपुरको धेरै प्रभावित बनेको गोटिखेल बजारको अवलोकन भ्रमणका लागि मन्त्रीहरुको टोली अनुगमनका लागि प्रस्थान गरेका छन् ।

गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोलीले दक्षिण ललितपुरको गोटीखेलका लागि प्रस्थान गरेका हुन् ।

उनीहरुले अवलोकन भ्रमणका क्रममा त्यहाँ भइरहेको सहयोग र पुनःनिर्माणबारे जानकारी लिने छन् ।

साथै टोलीले बाढीपहिरोबाट भएको क्षति तथा त्यहाँ तत्काल भइरहेका सडक पूर्वाधार पुनःनिर्माण र राहतका कार्यक्रम सञ्चालनलगायत विषयमा छलफल गर्नेछन् ।
उनीहरूले दक्षिण ललितपुरको गोटिखेलसँगै काभ्रेपलाञ्चोक, सिन्धुली, र सिन्धुपाल्चोक जिल्लाका बाढीप्रभावित क्षेत्रहरुको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १० : १६ बजे