२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब रेडियो नेपालमा दनुवार भाषामा पनि समाचार



काठमाडौं
२३ असोज । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रशारण गर्ने भएको छ । हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आइरहेको रेडियो नेपालले दनुवार भाषामासमेत समाचार प्रशारण गर्न लागेको हो ।
रेडियो नेपालले आगाम ीअसोज ३०गते दिनको ३ः१५ बजेबाट दनुवार भाषामा समेत समाचार प्रसारण सुरु गर्न लागेको एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा उक्त भाषाको समाचार शुभारम्भ गरिने रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले जानकारी दिएका छन् ।
रेडियो नेपालले दनुवार जागरण समितिलगायतका सरोकारवालाहरुको अनुरोध र भाषा आयोगको सिफारिसमा २५ औँ राष्ट्रिय भाषाको रुपमा बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारण गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशकचन्द्र भूषण दासले जानकारी दिए ।
दनुवार भाषा विशेष गरी नेपालको काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, महोत्तरी, सप्तरी, धनुषा,सिन्धुपाल्चोक, ललितपुर, उदयपुर, झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी,बारा, पर्सा, मकवानपुरलगायत ६२ वटा जिल्लामा बोलिने भाषा हो । यो समुदायको कुल जनसंख्यावि.सं. २०७८ को राष्ट्रिय जनगणना अनुसार ८२,७८४अर्थात कुल जनसंख्याको ०.२८ प्रतिशत रहेको छ । सोही तथ्याङ्कअनुसार नेपालमा दनुवार भाषा बोल्नेको संख्या झण्डै ५० हजार रहेको छ । यो कुल जनसंख्याको ०.१७ प्रतिशत हो ।
दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश भएसँगै रेडियो नेपाललाई भाषा, विषयवस्तु र जनशक्तिमा समेत थप समावेशी बनाउने उद्देश्यका साथ काम भइरहेको कार्यकारी निर्देशक लामाले जानकारी दिए ।
भाषाआयोगले अतिसिमान्तकृत आदिवासी समुदायमा राखेको दनुवार भाषामा समाचार तथा कार्यक्रम समावेश गर्न पाउनु समावेशी प्रसारणको यात्रामा रेडियो नेपालले हाशिल गरेको थप उपलब्धी भएको बताए ।

 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ०२ बजे