२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु



मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोकिएका हुन्

बलेवा (बागलुङ)
२९ असोज । मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोकिएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण भने खुलेको छैन । कार र मोटरसाइकल ठोकिँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पु¥याइएको थियो । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ४३ बजे