रूपन्देही
३० असोज । आफ्नै कान्छी श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको
अभियोगमा देवदह नगरपालिका–९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी पक्राउ परेका हुन् ।
दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको थियो हत्याको सूचनापछि अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
३० आश्विन २०८१, बुधबार
38
Shares








प्रतिक्रिया