२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कार दुर्घटनामा चार जना भारतीय पर्यटक घाइते



भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ
स्वर्गद्वारी (प्युठान)
३० असोज । प्युठानमा कार दुर्घटना हुँदा चार जना भारतीय पर्यटक घाइते भएका छन् ।
आज दिउँसो साढे १ धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारीबाट फर्कने क्रममा स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको कार भारतीय प्लेट नम्बर युपी ५६ ए ए ४२२२ रहेको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रमुख प्रहरी निरीक्षक नवीनकुमार थापा क्षेत्रीले जानकारी दिएका छन् । उनका अनुसार कार सडकबाट २० मिटर तल जङ्गलमा खसेको थियो ।
कारमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये चार जना घाइते भएको प्रहरी निरीक्षक थापाले बताए । घाइते हुनेमा भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने वर्ष ५३ का वीरेन्द्र पाण्डेय, वर्ष ४३ को शुभद्रा पाण्डेयको टाउकामा चोट लागेको, वर्ष १७ की जया पाण्डेयको टाउको र शरीरमा चोट लागेको छ । त्यस्तै ५५ वर्षकी शिला पाण्डेयको शरीरमा चोट लागेको छ भने चालक वर्ष ४५ का अलिलेखकुमार पाण्डेय सामान्य भएकोसमेत थापाले जानकारी दिए ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ । उनीहरूलाई लिन भारतबाट आफन्तजन बाटोमा आइरहेकोसमेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।