२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चाडपर्वका कारण रक्तदान नहुदा रगतको अभाव



चितवन
२ कात्तिक । चाडपर्वका कारण रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताएका छन् ।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए ।
रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ५९ बजे