६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको टुंगुन खोलामा क्रसर राख्दै महाकाल गाँउपालिका



ललितखबर
३ कार्तिक । दक्षिण ललितपुरको नल्लु टिकाभैरव क्षेत्रमा अबैध खानी र क्रसर सञ्चालन भएको भन्दै निरन्तर विरोध भइरहेको अवस्थामा दक्षिण ललितपुरको टुंगुन खोलामा क्रसर सञ्चालनका लागि महाँकाल गाउपालिकाले आह्वान नै गरेर सूचना प्रकाशित गरेको छ ।
ग्त असोज ११ र १२ गतेको अविरल बर्षापछिको बाढी र पहिरोले ढुंगा थुपारेकोले ती ढुंगा व्यस्थापन गर्न भन्दै गाँउपालिकाले आश्वान गरेको हो ।
गाँउपालिकाको गोटिखेल बजारमा धामिखोला, मसान खोला र टुंगुन खोलामा बाढीले ढुंगा ल्याई थुपारेको छ । ती ढुंगा व्यवस्थापन र गाँउपालिकामा बाटो भवन र पुल निर्माणमा प्रयोग गर्न क्रसर सञ्चालन गर्न लागेको हो ।
इच्छुक क्रसर व्यावसायीलाई सूचना प्रकाशित भएको १५ दिनभित्र छलफलमा आउन भनेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : २० बजे