६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीबाट बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा महिला पक्राउ



पक्राउ पर्ने महिला काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ नुवाकोट तादी गाउँपालिका–३ घर भई वर्षीया सीता गोतामे रहेकी छिन्

काठमाडौं
५ कात्तिक । राजधानी काठमाडौंबाट बालिका जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

प्रहरीका अनुसार उनले बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएकी छिन् । पक्राउ पर्ने महिला काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ नुवाकोट तादी गाउँपालिका–३ घर भई वर्षीया सीता गोतामे रहेकी छिन्

उनलाई विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान पछि सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई बेश्याबृत्तिमा लगाएकी हुन् ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : ५९ बजे